Friday, 20 March 2009

उडिरहेछ जिन्दगि.......!!

उडिरहेछ जिन्दगि.......!!

प्रातकालीन सत्व,मध्यकालीन तम

र सन्ध्याकालीन रज बोकेर

उ सग घनिष्ठता र बैमनश्यता गर्दै

सम्झ-बिर्स पर्ख-नपर्ख हुदै

सुक्दै फुक्दै बाटो बिराउदै

नागबेली हिडिरहेछ जिन्दगि..............!!



बिगतका कथाहरु, बर्तमानका समस्याहरुर

भबिश्यका सम्भावनहरु बोकेर

कचक्का माल लादेर सातघुम्ति

चढाइ एको मालगाडि जस्तै

माथि पाखाबाट हाम्फाल्दै झरेको खहरे जस्तै

सुक्दै फुक्दै बाटो बिराउदै

सुस्त बढिरहेकोछ जिन्दगि....!!



समय र परिस्थिति सगै

कहिले हास्दै कहिले रुदै

आधिबेरिसगै मित्रता गास्दै

कहिले मायालु बनि कहिले घ्रिणीत बन्दै

उमेर अनि बैसलाइ दोष दिदै

निरन्तर पुतली जस्तै उडिरहेछ जिन्दगि ..................उडिरहेछ जिन्दगि...............!! :)

No comments:

Post a Comment