Friday, 20 March 2009

प्रयास नगर्नु...!!

उदास मेरो जीबनमा
खुशी बर्षाउने कोसिस नगर्नु
असहाय यो मनलाइ
सहानुभुति दिने कस्ट नगर्नु

छरपस्ट टुक्रिएको मुटुलाइ
जोडने कोसिस नगर्नु
घ्रिणित यो आत्मालाइ
चोखो माया दिन नखोजनु

टाडिन देउ मलाइ
नजिक आउने कोसिस नगर्नु
बिलाओस् माया मेरो बिलाउन देउ
मेरो मायालाइ भुइ झरिसके....
अब उठाएर अन्जुलिमा लिने प्रयास नगर्नु...
अन्जुलिमा लिने प्रयास नगर्नु..................!!

No comments:

Post a Comment