Thursday, 13 August 2009

किन ????

जति पिए पनि आशुको घुट्को प्यास मेटिदैन किन ?
खोजी हिडे लक्ष्य मेरो कतै भेटिनैन किन ?
उड्न देउ आकश माथि रोक्न खोज्छौ किन ?
कोमल मेरो मुटुमा किला ठोक्न खोज्छौ किन?

चर्कि रहेछ छाति भरि सयौ आला घाउहरु
मलमपट्टी गर्ने गर्थेउ आज रोक्न खोज्छौ किन?
घातगरि मुटु भरि पिर ब्यथा बोकाएर
भए भरको पाप जती बोक्न खोज्छौ किन?

जिउन देउ अब मलाइ स्वतन्त्र रुपले
तिम्रो म को हु र फेरि रोक्न खोज्छौ किन?

No comments:

Post a Comment