Friday, 20 March 2009

गजल

डुबीसके भन्थ्यौ, त्यहिबाटै उदायौ कसरि ?
छर्लङ्ग थियो तिम्रो त्यो रुप,पर्दा भित्रै लुकायौ कसरी?
बिबश छु भन्थ्यौ, बाच्नलाइ म त,
खै,कस्तो बाध्यता हो ,मायाकै तुना फुकायौ कसरी?

कठै ! बिचरा भन्थे, सबैले तिमिलाइ
उर्लेका ती आधारका, सागरै पनि सुकायौ कसरी?
सोचेको त थिए, तिमिलाइ नै अंगाल्नेछु भनी
तर,कस्तो बिडम्बना, बगारेलाइ बगारमै चुकायौ कसरी?

बित्थ्यो दिन सधै,डुबेर तिम्रो कल्पनामा,
चटकि तिमि एकपलमै, मलाइ नै झुक्यायौ कसरी?
धेरै दिन हरायौ, भेटेर पनि आजा
नबोलि किन टाढै बाट बाइ बाइ गर्यौ कसरी?
छर्लङग थियो तिम्रो त्यो रुप पर्दा भित्रै लुकायौ कसरी?

No comments:

Post a Comment